ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

राप्ती प्रातिष्ठानमा अत्याधुनिक प्रविधिबाट युरोलोजी उपचार सुरू

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

लमही,२२ चैत ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछाने र रजिष्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन् । यो मेसिन देशका सीमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमाण्डौ धाउनु पर्ने अवस्थाको अन्त्य हुने रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए ।

युरोलोजी सेवालाई ब्यवस्थित, सुरक्षित, प्रभावकारी बनाउन यो मेसिन प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रतिष्ठानमा थप गरिएको युरोलोजिष्ट डा. प्रवोध रेग्मीले बताए । यो मेसिन जडान भइ सञ्चालनमा आईसकेको छ । मेसिनको सहायतामा किड्नी, नली र पिसाब थैलीको पत्थरी फुटाल्न, प्रोष्टेटको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने छ । युरोलोजिष्ट डा. रेग्मीले सन २०१९ देखि यो मेसिन बिश्वमा प्रयोग भएको जानकारी दिदै छिटो छरितो ढङ्गबाट मिर्गौलामा भएका हरेक किसिमका ढुङ्गा फुटाउन सकिने बताए । उनले अरु भन्दा धेरै राम्रो शक्तिशाली मेसिन प्रतिष्ठानमा आएको भन्दै अन्य मेसिन भन्दा यो धेरै प्रभावकारी रहेको पनि जानकारी दिए । मेसिन जोडिएसंगै युरोलोजी सेवा लिन अब अन्यत्र जानु नपर्ने भन्दै सबै सुविधा प्रतिष्ठानमा रहने छ । मुलुकका ५ वटा अस्पतालमा मात्रै थुलियम् मेसिन जडान गरिएको भन्दै डा. रेग्मीले विर हस्पिटल काठमाडौं र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिलेसम्म नरहेको सेवा दाङबाट दिन थालिएको पनि बताए । साथै उनले यो मेसिनबाट बिरामीको अप्रेसन सुरक्षित, भरपर्दो र बिश्वासिलो रहेको पनि उल्लेख गरे । डा. रेग्मीका अनुसार प्रतिष्ठानमा युरोलोजी सेवा अन्तर्गत हालसम्म ३ सय साना तथा ठुलो अप्रेशन गरिएको र सबै अप्रेशनहरु सफल भएका छन् ।

जसअनुसार गएको भदौदेखि हालसम्म डेढ सय मृगौलामा भएको पत्थरीको अप्रेशन गरिएको छ भने प्रोष्टेटसहित अन्य युरोलोजी सेवा डेढ सय जना बिरामीलाई दिइएको छ । प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गर्दै आफु दङ्गालीबासी भएकाले पनि मन्त्रालयको सहयोगमा सेवा थप गरिएको बताए । दाङकै मन्त्री र स्वास्थ्य सचिव भएको बेला प्रतिष्ठानलाई अरु सहयोगलाई पनि निरन्तरता दिइने बताए ।

त्यस्तै प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले प्रदेश स्वास्थ्य मन्त्रालयबाट मेसिन सहयोग गरेर सेवा बिस्तार गर्न पाउँदा खुसी लागेको बताउँदै आफु प्रतिष्ठानको सेवाग्राही पनि भएकाले सबै प्रकारका सेवा थपमा सहयोग हुने बताए । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानलाई मेसिन सहयोग गरेकोमा स्वास्थ्य मन्त्री राजु खनाल, प्रदेश स्वास्थ्य सचिव डा. जनार्दन पन्थीसहित प्रदेश सरकारलाई धन्यवाद दिदै आउँदा दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे ।

उनले एमबिबिएसको कक्षा सञ्चालनको तयारीको लागि प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय दाङको कार्यालय भबन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा प्रदेश स्वास्थ्य मन्त्री, सचिवलाई पनि धन्यवाद दिए । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रदेश स्वास्थ्य मन्त्रालयको २ करोडको अनुदान सहयोगमा मेसिन प्राप्त गरिएको र सेवा बिस्तारलाई थप सहयोग मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?