© २०२३
नेपालगञ्ज, २१ चैत ।
नेपालगन्ज कारागारमा रहेका एक जना बृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजंङ्ग शाहले बताए ।
बुधबार विहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जेलर शाहले बताए । मृतक जोलाह तीन महिनाअघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएको कारागारले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार आएको जेलर शाहले बताए ।