ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

माओवादी द्वन्द्वमा क्षतिग्रस्त प्रहरी भवन अझै बनेन, प्रहरी भाडाको घरमा

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

नवलपुर, २१ चैत ।

तत्कालीन माओवादी द्वन्द्वमा क्षतिग्रस्त भएको जिल्लाको एक मात्र प्रहरी कार्यालय क्षतिग्रस्त भएको २१ वर्ष सम्म पनि पुनःनिर्माण हुन नसक्दा घरभाडामा लिएर प्रहरी कार्यालय चलाउनुपर्ने बाध्यता अझै कायमै रहेको छ ।

जिल्लाको हुप्सेकोट गाउँपालिकाको वडा नं. ५ रुद्रपुर धौवादीमा रहेको ईलाका प्रहरी कार्यालय २०३२ सालमा तत्कालीन प्रहरी महानिरीक्षक खडगजित बरालले स्थापना गरेका थिए । सो ईलाका प्रहरी कार्यालयले पहाडी दुई गाउँपालिका बुलिङटार र बौदीकाली, हुप्सेकोट गाउँपालिकाको वडा नं. ५ को शान्ति सुरक्षा देखि सबै क्षेत्रमा जनतालाई सेवा दिंदै आईरहेको थियो ।

सो ईलाका प्रहरी कार्यालय रुद्रपुर धौवादीमा कार्यरत प्रहरीहरु अहिले पनि वर्षौ देखि टेन्टमा रात बिताउन बाध्य छन् भने एउटा सानो छाप्रो घर भाडामा लिएर ईलाका प्रहरी कार्यालय संचालन हुँदै आएको हुप्सेकोट गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताए ।

ईलाका प्रहरी कार्यालय रुद्रपुर धौवादीमा कार्यरत प्रहरी जवानदेखि प्रहरी नाउब निरीक्षक सम्मले २० बर्षदेखि त्रिपालमा चिसो हावामा रात बिताउन बाध्य हुँदा पनि अहिले सम्म सो प्रहरी कार्यालय पुनःनिर्माण हुन नसक्नु दुखको विषय भएको वडाध्यक्ष रानामगरले बताए ।

तत्कालीन माओवादी द्वन्द्वको समय २०५८ सालमा सो ईलाका प्रहरी कार्यालयमा माओवादी आक्रमण हुँदा भन क्षतिग्रस्त हुनुको साथै प्रहरी नायब निरीक्षक सहित चार प्रहरीले शाहादत प्राप्त गरेका थिए ।

द्वन्द्वमा क्षतिग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालयमा गाभिएको सो ईलाका प्रहरी कार्यालय २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौता पछि पुनः सोही ठाउँमा स्थानान्तरण भएको थियो र अहिले पनि रुद्रपुर धौवादीमा मासिक रु दुई हजार भाडा तिरेर ईलाका प्रहरी कार्यालय संचालन मा आएको छ भने त्यहाँ कार्यरत प्रहरीहरु कोठाको अभावमा त्रिपालमा सुत्न बाध्य छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नरहरि रेग्मीले सडकको छेउँमा प्रहरीको जग्गा नभएको कारण भवन निर्माण हुन नसकेको र सडक छेउँछाउँमा जग्गा ब्यवस्थापन गर्न पहल भइरहेको वर्षौ बिते पनि हाल सम्म प्राप्त गर्न नसकिएकाले भवन भाडामा चलाउनुपरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?