© २०२३
काठमाण्डौ ।
तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ ।
आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २३ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका शाहब आलमले सबैभन्दा धेरै ३७ रन बनाए । यस्तै देव खनालले २६, बसिर अहमदले २० रन जोडे । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ५, लायम म्याककार्थीले ४ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयो । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै कप्तान निल रकले ३९ रन जोडे । बलिङतर्फ नेपालका कलमसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । ऐरीले ३८ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए । यस्तै शाहब आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट लिए ।
एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी