ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

सशस्त्र प्रहरीद्वारा बाँकेमा ४ सय लिटर भारतीय दुध बरामद

दैनिक ६ हजार लिटर दुध भित्रिरहेको दावी
२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

नेपालगञ्ज, २० चैत ।

बाँकेमा अबैधरुपमा भित्रिने भारतीय दुधका कारण नेपाली दुध बिक्रीमा समस्या भईरहेको दुग्ध ब्यावसायीहरुले बताएका छन् । भारतीय दुधको प्रतिस्प्रधा गर्न नसकेर कतिपय नेपाली कृषकहरु पाल्दै आएका भैंसी बेच्ने अवस्थामा पुगेको ब्यावसायीहरुको भनाई छ । भारतबाट दैनिक ६ हजार लिटर दुध अबैध रुपमा भित्रिरहेको दुग्ध ब्यावसायी संघ बाँकेका सचिव जिवस यादवको दावी छ ।

नेपालगन्ज र आसपासका बजारमा भारतबाट बिना रोकतोक दूध आएपछि नेपाली दूधको बजारमा असर गरेको जिल्ला दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारी बताउँछन् । उनका अनुसार बाँकेमा छिमेकी जिल्ला बर्दियाबाट पनि दूध आउँदा करिब ३८ हजार लिटर दूध दैनिक जम्मा हुन्छ । अन्य जिल्लामा पठाएर बाँकेमा खपत गर्दा पनि करिब ८ हजार लिटर दूध बढी हुने गरेको भण्डारी बताउँछन् ।

दुग्ध ब्यवसायीहरुले खुलमखुल्ला रुपमा भारतीय दुध भित्रिरहेको दाबी गरिरहँदा मंगलबार भारतबाट अवैधरुपमा नेपालगञ्ज ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले करिब ४ सय लिटर दुध बरामद गर्न सफल भएको छ । सिमानाकामा अनुगमनका क्रममा अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको १३ वटा टयांकमा राखिएको दुध बरामद गरिएको सशस्त्र प्रहरी वल भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अस्मिन थापाले बताए । बरामद गरिएको दुध हेर्न भन्सार कार्यालय नेपालगञ्ज पुगेका दुग्ध ब्यावसायी संघ बाँकेका सचिव यादवले दिउँसो दुई बजे सम्म पनि त्यो दुध ताजा जस्तो देखिनुमा अखाद्ध वस्तु मिसाईएको हुन सक्ने आशंका गरे । उनले भने ‘यो बरामद गरेको दुध दिउँसो २ बजे पकाएर हेर्दा पनि फाटेन, यसमा पक्कै मिसावट छ ।’ सस्तो मूल्यमा पाईने अखाद्य भारतीय दुधले मानिसको स्वाथ्यमा सिधै असर गर्न सक्ने बताउँदै सचिव यादवले उपभोक्ताहरुलाई अब सचेत हुन आग्रह गरे ।

दुग्ध ब्यवसायीहरुको अनुगमन टोलीले पनि बाँकेको बेतहनी क्षेत्रबाट मोटरसाइकलमा दूध तस्करी गर्नेलाई कैयौंपटक फेला पारको संघका अध्यक्ष भण्डारी बताउँछन् । भारतबाट दुध तस्कर गर्नेहरुको ठूलो सञ्जाल रहेको उनले त्रताए’ अध्यक्ष भण्डारीले भने –‘भारतीय नम्बर प्लेटको मोटरसाइकलमा एक पटकमा १३० लिटर दूध ल्याउने गरिएको छ, त्यसरी भित्रिएको दूध नेपाली विक्रेताले नै नेपालमै उत्पादित दूधसँग मिसाउँछन् अनि त्यो दूध बजारसम्म आइपुग्छ ।’ ‘कतिपय मोटरसाइकल त सिधै मिठाइ पसलदेखि व्यक्तिका घरसम्म पनि जाने गरेको पाइन्छ, तर तस्करीको सञ्जालबारे सरकारले आवश्यक अनुगमन गरेको छैन ।’ मंगलबार बरामद गरिएको दुध पशु क्वारिन्टनका प्राविधिकहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?