© २०२३
काठमाडौँ ।
उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बस्दै छ।
सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि आफ्नै निवास (बूढानीलकण्ठ) मा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
बैठकले आगामी वैशाख १५ गते प्रतिनिधि सभा इलाम २ र प्रदेश सभा बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको तय गर्नेछ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘उम्मेदवारका विषयमा पदाधिकारी, पूर्वपदाधिकारीबीच प्रारम्भिक छलफल भइसकेको छ, अब आज कार्यसम्पादन समितिको बैठकमा टुंगो लगाउँछौँ।’
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यचसिव कृष्णप्रसाद पौडेलले बताए।