ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

आत्मनिर्भर बन्न किसानलाई मासुमा अनुदान

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

हुप्सेकोट, १९ चैत ।

कृषि क्षेत्रमा जनतालाई आत्मनिर्भर बनाउन जिल्लाको हुप्सेकोट गाउँपालिकाले उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीतिलाई अगाडि बढाएपछि पालिकामा कृषक उत्साहित भएका छन् ।

गत आर्थिक वर्षमा दुधमा प्रतिलिटर रु पाँच अनुदान दिने नीति ल्याएको पालिकाले यो बर्ष मासुमा प्रतिकिलो १० रुपैयाँ अनुदान दिन शुरु गरेको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दुध र मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८÷७९ देखि किसानलाई अनुदान दिन थालिएको र सहकारीमार्फत विक्री गरिएका खसीबोकामा प्रतिकिलो रु १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिईन् । उनका अनुसार गत आर्थिक वर्षमा प्रतिकिलो रु पाँच अनुदान दिइएको थियो ।

“किसानले पालेको खसीबोका सहकारी मार्फत विक्री गर्दा गत आर्थिक वर्षदेखि प्रतिकिलो पाँच रुपैयाँका दरले अनुदान दिन सुरु गरिएको थियो । यो वर्ष देखि प्रतिकिलो रु १० पु¥याएका छौँ”, उनले भनिन “स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो ।”

मासुमा अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९÷८० मा ३५ हजार छ सय २४ किलो मासुमा पाँच रुपैयाँको दरले अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताए ।

“हुप्सेकोट सामाजिक महिला बहुउद्देश्यीय सहकारी मार्फत १६ हजार तीन किलो र लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत १९ हजार छ सय २१ किलो मासुमा कुल एक लाख ७८ हजार एक सय २२ रुपैयाँ नगद अनुदान प्रदान गरिएको छ”, उनले भने ।

गाउँपालिकाले खसीबोकामा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुसी भएका छन् । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाउन अनुदानका माध्यमबाट युवालाई व्यावसायिक बनाउन थालिएको अध्यक्ष पाण्डेको भनाई छ ।

युवालाई व्यावसायिक बनाउन सकेको अवस्थामा गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताईन् । “गाउँपालिका क्षेत्रभित्रको पहाडी गाउँमा खसीबोकाको पालन धेरै हुने गरेको छ”, उनले भनिन्, “अनुदानका लागि सङ्घ संस्था, समूह तथा सहकारी मार्फत कारोबार गर्नेलाई मात्र अनुदान प्रदान गरिएको छ ।”

गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ किसानलाई दुधमा प्रतिलिटर १० रुपैयाँ र भकारो सुधार कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिएको अध्यक्ष पाण्डेले बताइन् । गाउँपालिकाले यो बर्ष देखि किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । हुुप्सेकोट गाउँपालिकालाई कृषि मा पूुर्ण आत्मनिर्भर पालिका बनाउने उद्देश्यका साथ काम अगाडि बढेको उपाध्यक्ष पूर्णसिंह रानामगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?