© २०२३
बुटवल, १८ चैत । पल्सर सिईसि काठमाण्डौ रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता २०८० को फाईनलमा प्रवेश गरेको छ । आईतबार भएको पहिलो सेमीफाईनल खेलमा मदन भण्डारी स्र्पोटस एकेडेमीलाई २ बिकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर मदन भण्डारीले ब्याटिंग रोज्दै निर्धारित २५ ओभरमा १८९ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि विजया प्रजापतीले ५६ बलमा ७२ रन तथा बिशाल भुषालले ४८ बलमा ३६ रनको योगदान दिए । सिईसिका धिरज दुबाले ३ तथा दयानन्द मण्डलल र स्मिथ बुढाले समान २—२ बिकेट लिए । बिशाल लक्ष्य पछ्याएको सिईसिका ३९.३ ओभरमा ८ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । सिईसिका सिद्धार्थ साउदले ९१ बलमा ८१ तथा समिर बिष्टले ७९ बलमा ५१ रनको योगदान दिए । मदन भण्डारीका शेहजाद आलमले ४, निरज घिमिरेले २ बिकेट लिए । सिईसिका सिद्धार्थ साउद खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । दोस्रो सेमीफाईनल खेल भने स्टार एकेडेमी र धनगढीका बिचमा सोमबार हुने छ ।
प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।