© २०२३
बुटवल, १८ चैत । सामाजिक क्षेत्रमा नया र नमुना काम गरेर छुट्टै पहिचान बनाएको रोटरी क्लव अफ भैरहवाले शनिबार खेलाडीहरुलाई जर्सी सेट बितरण गरेको छ । रोटरी क्लव अफ भैरहवाका वर्ष २०२३ –२४ अध्यक्ष उमेश चन्द्र आचार्यको जन्म दिनको अवसरमा क्लबमार्फत तिरुपति स्पोर्टस क्लवका अध्यक्ष राजकुमार गुप्तालाई सिद्धार्थ रंगशालामा आईतबार एक कार्यक्रम गरि जर्सी सेट हस्तान्तरण गरे । भैरहवाको सिद्धार्थ रंगशालामा जारी सुपर लिग क्रिकेटमा क्लबले प्रतिस्प्रर्धा गरेको छ ।
कार्यक्रममा अध्यक्ष आचार्यले खेल क्षेत्रको विकास र खेलाडीको हौसला वृद्धि गर्नका निम्ती सहयोग गरेको भन्दै यसअघि क्लवबाट तिरुपति क्लबलाई क्रिकेटका खेल सामग्री समेत हस्तान्तरण गरेको बताए ।
तिरुपति स्पोर्टस क्लवले आईतबारको खेलमा रोटरी भैरहवाको नाम उल्लेख भएको जर्सी लगाएर खेल खेलेका छन् । रोटरी भैरहवाका संस्थापक अध्यक्ष समेत रहेका तिरुपतिका अध्यक्ष गुप्ताले एक खेलसंग सम्बद्ध क्लबलाई अर्को सामाजिक क्षेत्रमा क्रियासिल क्लवले खेल सामग्री प्रदान गरी हौसला प्रदान गर्दा खेल भावना अझै बढेको र खेलाडीमा समेत उत्साह छाएको बताए ।
कार्यक्रममा क्लबका सचिब रो. हरि प्रसाद आचार्य, निबर्तमान अध्यक्ष रो. पवन पौडेल, प्रेसिडेन्ट इलेक्ट रो. राम प्रसाद पन्थी, क्लबका कोषाध्यक्ष रो. दिपक सापकोटा , सर्विस प्रोजेक्ट चियर रो. सुमन पौडेलले नेपाली क्रिकेट खेलको उर्वरभुमीका रुपमा रुपन्देहीको पहिचान बनाएको भन्दै निरन्तर सबैको साथ र सहयोग जरुरी रहेको बताए ।