© २०२३
बर्दघाट, १८ चैत्र ।
नवजिवन युवा क्लव बर्दघाटको आयोजनामा सम्पन्न फूटवल प्रतियोगिताको आय ब्यय विवरण सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गत पुष २८ गतेदेखी माघ १५ गतेसम्म सँचालन भएको वडा अध्यक्ष कप फूटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरेको हो ।
बर्दघाट नगर पालिका वडा नम्बर ४ को २ लाख ५० हजार र नगरको ७० हजार नगद सहित अन्य सहयोगी दाताहरुबाट प्राप्त ५ लाख ६५ हजार ३ सय ५५ रुपैया आम्दानी र प्रतियोगिता सँचालनमा ३ लाख ४९ हजार ९ सय ७८ रुपैयाको खर्च सार्वजनिक गरिएको हो । क्लवका आर्थिक सँयोजक काशिराम न्यौपानेले आयब्यय विवरण सार्वजनिक गरेका थिए ।
प्रतियोगिता आयोजना गर्दा क्लवले २ लाख १० हजार ३ सय ७७ रुपैया वचत गर्न सफल रहेको र वचत रकम खेलक्षेत्रमै प्रयोग गरिने उनले बताए । नगर र वडाले सहयोग गरी आयोजना गरिने कार्यक्रमहरुको आर्थिक पारदर्शिता कायम हुन नसकिरहेको अवस्थामा नवजिवन युवा क्लवले ढिलै भएपनि आर्थिक कारोवारको विवरण सार्वजनिक गरेको हो ।