ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

कम्युनिष्ट सरकारले बन्द उद्योग चलाओस् : गगन थापा

१७ चैत्र २०८०, शनिबार
१७ चैत्र २०८०, शनिबार

न्युज बुटवल टुडे
कपिलवस्तु, १७ चैत्त ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिले कम्युनिष्टहरुको सरकार रहेको बताउदै कम्युनिष्ठ सरकारलाई बासबारी छाला उद्योग सहितका उद्योग चलाउन चुनौती दिएका छन । चैत्र १५ गते नवलपरासीबाट पुनः शुरु भएको संवाद यात्रालाई सम्बोधन गर्न तौलिहवा आएका उनले काँग्रेसलाई उद्योग बेचेको गलत आरोप लगाउने कम्युनिष्ट गठबन्धनको सरकारलाई सो चुनौती दिएका हुन । “एउटा आएर काँग्रेसले उद्योग बेच्यो भन्छ ।

४८ सालमा काँग्रेसले सरकार चलाउने बेलामा राजश्व जम्मा १२ अर्ब उठ्थ्यो । त्यो १२ अर्ब मध्य बाँसबारी जुत्ता, हेटौडा सिमेन्ट, जनकपुर चुरोट र भृकुटी कागजको घाटा मात्रै १ अर्ब तिर्नु पथ्यो । घाटाको उद्योगले बिकास प्रभावित हुने भए पछि काँग्रेसले बिकल्पका लागि आट गरेको हो ।” उनले भने । ति उद्योग घाटामा भएर देशको बिकास नै प्रभावित भए पछि काँग्रेसले आँट गरेर निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिएको उनले दावी गरे । तत्कालिन अवस्थामा त्यस बेलामा प्रधानमन्त्री सुर्य बहादुर थापाले समेत राष्ट्रिय पञ्चायतमा ति उद्योग सेतो हात्ति भएकाले तिनलाई पाल्न नसकिने भाषण दिएको उनले स्मरण गराए । २०४६ पछि काँग्रेसले मात्रै ३० बर्ष सत्ता चलाएको भन्ने गलत व्याख्या गरिएको भन्दै देश काँग्रेस सँगै कम्युनिष्टले समेत बराबर चलाएको उनले बताए । काँग्रेसले २०४८ साल देखी ५१ साल सम्म गरेको अर्थतन्त्रको सुधार र योजनाका कारण अहिले देशले बिद्युत निर्यात गर्न पाएको र अर्थतन्त्र चलाएमान हुने अवस्था रहेको उनको तर्क थियो ।

निर्वाचन अघिको गठबन्धन गलत भएको पुष्टी हुन पुगेको स्पष्ट पार्दै महामन्त्री थापाले अब पार्टी बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए । काँग्रेस भित्रैबाट पनि सरकारमा अख्तियारको दुरुपयोग गरेको भए दण्ड पाउनु पर्नेमा स्पष्ट रहेको उनले अडान पेश गरे । ८० हजार ठगी गर्ने आम नागरिकलाई कानुन लाग्ने तर सहकारीमा ८० करोड ठग्ने मान्छेलाई कानुन लाग्दैन भन्न नमिल्ने उनले जिकिर गरे ।

काँग्रेसले कानुनी शासनमा बिश्वास गर्ने भएकाले कारवाहीका लागि सडकबाट आन्दोलन भन्दा बिधिसम्मत रुपमा कानुनको कार्यान्वयन गर्न जोड दिएको उनले बताए । तस्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन गर्नु पर्ने महामन्त्री थापाको माग थियो । अब नयाँ कानुन बनाएर २०४६ साल पछि सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ती छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको उनको स्पष्टोक्ति थियो । कार्यक्रममा सहभागी जिल्लाका नेता कार्यकर्ताले सबै तहका उम्मेदवार वडा, नगर, प्रदेश, क्षेत्र र जिल्लामा छलफल गरेर छनौट गर्नु पर्ने, उम्मेदवार छनौटका लागि अधिकार सम्पन्न संयन्त्र बनाउनु पर्ने, युवा आकर्षण बढाउने योजना ल्याउनु पर्ने, स्थानिय तहलाई गैर दलिय बनाउन संबिधान संसोधन प्रस्ताव अगाडी बढाउनु पर्ने, महिला सहभागीता तथा प्रतिनिधीनित्व सुनिश्चित गर्नु पर्ने सुझाव दिएका थिए । महामन्त्री थापा कपिलवस्तुको लबनी, तौलिहवा, महाराजगंज र चन्द्रौटामा संवाद यात्रामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?