ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन
छैटो खड्ग प्रसाद गौचन यु—१९ क्रिकेट प्रतियोगिता

सिईसि काठमाण्डौ र धनगढी दुई खेलमा विजयी

१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

बुटवल, १६ चैत । रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता २०८० मा समुह बि अन्तरगत भएको खेलमा क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौ र धनगढी क्रिकेट क्लबले लगातार दुई खेलमा जित निकालेका छन । शुक्रबार भएको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले क्रिकेट एकेडेमी कास्कीलाई ३ बिकेट तथा दोस्रो खेलमा क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौले न्यु होराईजन क्लबलाई ५० रनले पराजित गरेको हो । योसंगै दुबै टिम अन्तिम चारमा पुग्ने सम्भावनालाई बलियो बनाएका छन ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर कास्कीले ब्याटिङको निर्णय लिदै २५ ओभरमा ९ बिकेटको नोक्सानीमा ८३ रनको लक्ष्य खडा गरेको थियो ।

कास्कीका सरोज खत्रीले १९ तथा नितेश गिरीले १३ रन बनाए । सस्तोमा समेट्न धनगढीका सौर्य श्रेष्ठले ३ तथा सचिन मल्लले २ बिकेट लिए । धनगढीले २०.२ ओभरमा ७ बिकेटको नोक्सानीमा लक्ष्इ भेटायो । उसका लागि आकास विष्टले ३२, अशोक धामीले २२ नटआउट पारी खेले । पोखराका नितेश गिरी र रजत पौडेलले समान २—२ बिकेट लिए । खेलमा धनगढीका अशोक धामी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शुक्रबार नै भएको दोस्रो खेलमा टस जितेर सिईसि काठमाण्डौले ब्याटिङको निर्णय गर्दै २४ ओभरमा ९४ रनमा समेटियो । उसका लागि सुमित सिह भुजेलले २३ रन तथा प्रशान्त पंडितले १८ रन जोडे । न्यु होराईजनका निर्मल गुरुङले ३ तथा अमर मिश्राले २ बिकेट लिए ।
न्युन लक्ष्य पछ्याएको न्यु होराईजन १४ ओभरमा केवल ४० रनमा समेटियो । उसका लागि बिपर्सन केसीले २२ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । सिईसिका दयानन्द मण्डलले शानदार हयाट्रिकसहित ७ बिकेट लिए । उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार लिगको अन्तिम खेलहरु हुने छ ।

प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?