© २०२३
बुटवल, १५ चैत ।
लुम्बिनी वल्र्ड स्कुल तिलोत्तमा–१३ मधवलियाले अभिभावकहरुलाई लक्षित गर्दै “हेप्पीनेस लाईफ” कार्यक्रम आयोजना गर्ने भएको छ ।
पितृदास गुरुले प्रवचन दिने उक्त “हेप्पिनेस लाईफ” कार्यक्रममा करिव ७०० अभिभावक सहभागी गराउने लक्ष्य विद्यालयले लिएको छ । पछिल्लो समय अभिभावक र बालबच्चाहरुको सम्बन्ध टाढिंदै गएको, समाजसँग पनि पछिल्लो पुस्ताका बालबालिकाहरुको दूरी बढ्दै गएकोले यसका कारणहरुको खोजी गर्न र अभिभावकलाई बालबालिकालाई गर्नुपर्ने हेप्पीनेश व्यवहारका लागि उत्प्रेरित गर्न यस्तो कार्यक्रम गर्न लागिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिन बिहीबार विद्यालय परिसरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले पहिलोपल्ट यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिंदै यसले अभिभावकहरुको बालबालिकाप्र ित गर्ने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
विद्यालयका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले विद्यालयले आधुनिक पद्धति अनुसारको व्यावहारिक शिक्षालाई जोड दिंदै आएको बताए ।
विद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद ढकालले ‘लुम्बिनी वल्र्ड स्कूलले परम्परागत विद्यालयहरूको अवधारणालाई अस्वीकार गर्दै प्रविधि र सीपमा आधारित शिक्षामा बिशेष जोड दिंदै आएको बताए ।
प्रविधिको बिकाससंगै कक्षा १ देखि नै विद्यार्थीहरुलाई सिप सिकाउदै जाने उद्धेश्यले स्कुलले आफ्नो पाठ्यक्रममा कोडिङ पाठ्यक्रमहरु समावेश गरेको पनि उनले जानकारी दिए ।