© २०२३
बुटवल, १५ चैत ।
बुटवल उपमहानरपालिका वडा नम्बर ६ तिलोत्तमा पथमा रहेको ग्यास्ट्रो सेन्टर प्रालिमा अध्याधुनिक प्रविधिबाट पहिलो पटक बच्चाको ईन्डोस्कोपी अन्डर सिजन गरिएको छ । ४ बर्ष उमेरको बच्चालाई बेहोस बनाएर ईन्डोस्कोपी गरिने सेवा पहिलो पटक प्रदान गरिएको प्रालिका एमडीडीएम डा. मोहन भुषालले जानकारी दिए ।
ग्यास्ट्रोलोजिष्ट तथा हेमाटोलोजिष्ट डा. मोहन भुषालको नेतृत्वमा डा. आनन्द अग्रहरी(एनेस्थेसियालोजिष्ट), डा. सविर श्रेष्ठको टिमले पहिलो पटक उच्च प्रविधिबाट बच्चाको ईन्डोस्कोपी गरिएको हो ।
आवश्यक परेको समस्यमा बेहोस बनाएर ईन्डोस्कोपी गर्न सकिने गरी सेवा प्रदान सुरुवात गरिएको डा. भुषालको भनाई छ ।
ग्याष्ट्रो सेन्टर बुटवलमा ईन्डोस्कोपी, ईभीब्यान्डीङ्ग फेब्रीयो स्कान (स्पेलेनर एण्ठ लाईभ स्कान) दैनिक रुपमा सेवा प्रदान गर्दै आएको छ । साथै ग्याष्टाईटिसका कुनै पनि प्रकृतिका विरामीहरुको लागि ग्लास थेरापी विधिबाट उपचार पनि गर्दै आएको छ ।