© २०२३
दाङ।
दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ७ मलै निवासी रोबर बहादुर घर्तीको १८ वर्षीया छोरी करिष्मा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार विहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरुसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।