ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु

१४ चैत्र २०८०, बुधबार
१४ चैत्र २०८०, बुधबार

बुटवल, १४ चैत । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित राजपुर खोलामा पक्कि पुलको निर्माण कार्य शुरु भएको छ । बुटवल उपमहानगर र स्थानिय उपभोक्ताको कुल ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो पुलको बुटवल १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्माले एक समारोहका बिच शिल्यान्यास गरे । विगत लामो समयदेखि पुलको अभावमा आवतजावतको समस्या झेल्दै आएका बुटवल १२ तामनगरस्थित राजपुरका बासिन्दा अब सो समस्याबाट मुक्त हुने भएका छन् । पुलको शिलान्यास गर्दै वडाअध्यक्ष शर्माले बिकासका दृष्टिले पछाडी परेको तामनगर र राजपुुर क्षेत्रको बिकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने आवश्यता रहेको बताए । मानव जिवनलाई सहज बनाउने खालका बिकास निर्माणमा जोड दिँदै अध्यक्ष शर्माले दिगो बिकासमा जोड दिन स्तानियलाई आग्रह गरे ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुरको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदी, सक्रिय टोल बिकास संस्थाका अध्यक्ष भेषनारायण भण्डारी प्राबिधिक ईश्वरी प्रसाद आचार्य, उपभोक्ता समितिका उपाध्यक्ष हरिश ढकाल, सचिव भिमबहादुर थापा लगाएतले बोल्दै पक्की पुल निर्माण पछि ३ वटा टोललाई जोड्न र आवतजात गर्न समेत सहजता हुने बताए ।
स्थानियका अनुसार तामनगरका ३ वटा टोललाई घुमाउरो र जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । राजपुर टोलविकास समिति, सक्रिय टोल विकास समिति, बुद्धटोल विकास समितिका स्थानियलाई यो पुल निर्माण पछि आवातजावतमा सहजता हुने उनिहरुले बताएका छन् । २० मिटर लामो र १२ फुट चौडाईको सो पुलबाट साना तथा मझौला सवारी साधनहरुमात्र आवत जावत गर्न सक्ने छन् । आउदो आर्थिक वर्ष ८०–८१ मा सम्पन्न गर्नका लागि सबैतिरबाट पहल गर्नु पर्ने बताउदै योजना निर्माणमा कुनैपनि कमी कमजोरी हुन नदिने र सहयोगका लागि सबैलाई अपिल समेत गरेका छन् ।
यो पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका धार्मिक स्थलहरु शिवपुरी धाम, सुपादेउराली मन्दिर, दुर्गा मन्दिर तथा गणेश मन्दिरमा पनि स्थानिय तथा बाह्य क्षेत्रबाट धार्मिक पर्यटकहरु ल्याउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?