© २०२३
दाङ,१२ चैत ।
होली पर्वको दिन आज दाङमा ट्राफिक नियमविपरित सवारी साधन चलाएको भन्दै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक किरणप्रकाश मल्लले नियम विपरित चलाएका ७१ वटा सवारी साधन नियन्त्रणमा लिईएको जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारवाही गरिएको उनले बताए । उनका अनुसार हेलमेट नलगाएर मोटरसाईकल चलाउने १२ जना, ३ जना राखेर मोटरसाईकल चलाउने २९ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने १२ जना, काजगपत्र साथमा नबोकी सवारी चलाउने ९ जनालगायत रहेका छन् । कारवाहीमा पर्नेमा मोटरसाईकल कार र अटो रिक्सा रहेका उनले बताए । होलीको बेला जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी तैनाथ गरिएको उहाँले जानकारी दिए ।
होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलंघन गरि सवारी साधन चलाउने २० वटा मोटरसाईकल र १ वटा अटो रिक्सालाई नियन्त्रणमा लिईएको छ । यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृंखल गतिविधि गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।