© २०२३
सुर्खेत, १२ फागुन ।
नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि आईतबार भएको निर्वाचनमा देवकोटाले निवर्तमान अध्यक्ष अमृत विसीलाई हराएर विजयी भएका हुन् ।
देवकोटाले कुल चार सय ९५ मत मध्ये तीन सय ५१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अमृत विसीले एक सय ३२ मत पाएका छन् । पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएको छ ।
यस्तै उपाध्यक्षमा मोहन सिंह बडुवाल, सचिवमा डम्बरप्रसाद तिवारी र उपसचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् ।
उपाध्यक्षमा विजयी बडुवालले तीन सय४६ मत पाउँदा उनका प्रतिस्पर्धी ताराकेशर गौतमले एक सय ३० मत पाए । सचिवमा डम्बरप्रसाद तिवारी दुई सय ९१ मतसहित विजयी भए भने उनका प्रत्यासी डण्डीप्रसाद शर्माले एक सय ८९ मत पाए । उपसचिव खुलामा टिकाराम सोमैले तीन सय २४ मत पाएर विजयी हुँदा अर्का प्रत्यासी हरिप्रसाद अधिकारीले एक सय ४३ मत पाए । महिला उपसचिवमा विजयी सुशील विश्वकर्माले तीन सय ३५ मत पाउँदा उनका प्रतिस्पर्धी तृप्ती विकले एक सय ३३ मत पाइन् ।