ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ललितपुरमा ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु, १८ जना पक्राउ

१२ चैत्र २०८०, सोमबार
१२ चैत्र २०८०, सोमबार

काठमाडौँ ।

ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमै ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘घटनामा करिब २८ वर्षाीय रोवश राई र करिव २९ वर्षीय पुजन राईको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा हामीले १८ जनालाई नियन्त्रणमा लिएका छौँ।’

मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले भने, ‘त्यतिन्जेलसम्म अस्पताल पुर्याइएका दुबै युवाको मृत्यु भइसकेको थियो।’

पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे। धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेकाे प्रहरीले जनाएको छ।

‘उनीहरुबीच के निहुँमा ग्याङ फाइट भयो खुलेको छैन,’ एसपी सुवेदीले भने, ‘हामी सीसी क्यामेराको सहायतामा घटनाको विस्तृत अनुसन्धान गरिहेका छौँ। पक्राउ परेका १८ जनालाई पनि सोधपुछ गरिरहेका छौँ।’

मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन्। उनीहरुबीच होली खेल्नै क्रममा कुनै विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?