© २०२३
बुटवल, ११ चैत । बीर गणेशमान सिह राष्ट्रिय बक्सिङ प्रतियोगिता २०८० मा नेपाल बक्सिङ संघ लुम्बिनी प्रदेशबाट भाग लिने खेलाडीहरुलाई बिदाई गरिएको छ । चैत १३ देखि १७ गतेसम्म काठमाण्डौमा हुने प्रतियोगिातमा भाग लिने विभिन्न तौल समुहका पुरुष र महिला गरि १३ जना खेलाडीसहित टिम प्रशिक्षक कुमार ठकुरी खाँड, सहप्रशिक्षक नारायण सिह खत्रीलाई लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङले खादा र अबिर लगाई बिदाई गरेका छन ।
प्रतियोगितामा पुरुषतर्फ ५१ केजी तौलमा भरत पुन, ५७ केजी तौलमा मनसुब बस्नेत, ६३.५ केजी तौल समुहमा अनिल कुमार पुन, ७१ केजी तौलमा मनोज श्रेष्ठ, ८० केजी तौलमा अमर पल्ली, ९२ केजी तौलमा प्रसन थापा, ९२ प्लसमा सुजन थापामगरले प्रतिस्प्रर्धा गर्ने छन । यसैगरि महिलातर्फ ५० केजी तौलमा सुस्मा तामाङ, ५४ केजी तौलमा पुष्पा कुमारी थापा, ५७ केजीमा ललिता बस्नेत, ६० केजीमा सुजन कुमारी कुमाल, ६६ केजीमा बिमला श्रेष्ठ र ७५ केजीमा जुनमाया थारुले प्रतिस्प्रर्धा गर्ने छन ।