© २०२३
बुटवल, ११ चैत । होलीको पावन अवसरमा बुद्ध युवा क्लब लागुऔषध पुर्नस्थापना केन्द्रको आयोजनामा रुपन्देहीमा सम्पन्न प्रथम फुटसल प्रतियोगिताको उपाधि राजेश स्मृति फाउण्डेसनले हात पारेको छ । शनिबार भएको फाईनलमा एड्डिक्सन रेस्क्यु नेपाललाई पराजित गर्दै राजेशले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता एड्डिक्सन रेस्क्यु नेपाल नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । खेलमा राजेशका रमेश मल्ल उत्कृष्ट खेलाडी, जिवन केसी उत्कृष्ट गोलकिपर र मोहन राना सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।
एक कार्यक्रमका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन ले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्का वितरण गरेका थिए । लुम्बिनी फुटसल एरिना योगीकुटीमा भएको प्रतियोगितामा लागुऔषध दुब्र्यसनीमा काम गर्ने विभिन्न केन्द्रका १० टिमले प्रतिस्प्रर्धा गरेको आयोजक केन्द्रका अध्यक्ष बिक्रम खत्रीले बताए ।