ट्रेंडिंग:

>> अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी >> दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ >> अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ट्याक्टर दुर्घटनामा एकको मृत्यु >> महर्षि आगमनको स्वर्ण महोत्सव >> बेलडाँडा मारुनी नाच प्रथम >> झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु >> कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा >> अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत >> आज सुनचाँदीको मुल्य कति छ ? >> स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख >> अमेरिकी राष्ट्रपतिको नतिजा आउने क्रम जारी, ट्रम्पको अग्रता कायमै >> पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै >> आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता >> लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा >> अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता >> लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण >> प्रतिशोधजन्य घटना नियन्त्रण गर >> स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम >> आउँदा अम्बा, फर्किदा नुन तेल >> बटौलीलाई ‘पहाडी स्वाद’ >> छठको दोस्रो दिन आज ‘खरना’ >> पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम >> मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ >> दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन >> घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’ >> दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि >> नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय >> रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश >> देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा >> रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने >> मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत रुपमा छठपर्व मनाइदैं >> ऐतिहासिक डल्ले सरायँ मेलाः थापडाँडा उत्कृष्ट >> राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ? >> सबैको मन जोड्ने सेतु छठ पर्व >> पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्री आचार्यको चिन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय >> आजदेखि सरकारी कार्यालयको नयाँ समयावधि: १० बजेदेखि ४ बजेसम्म >> तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी >> तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो >> रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने >> छठ पर्व आजदेखि विधिपूर्वक सुरु >> अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै >> खिल्जी दुर्घटनाः घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री >> विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डबीचको खेल रद्द >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना >> यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची) >> अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, १८ जना घाइते (भिडियोसहित)

त्रिवेणी र मदारबाबा लुम्बिनी प्रदेशमा ल्याउन आन्दोलनको तयारी

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

बर्दघाट, ११ चैत । पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाम र मदारबाबालाई लुम्बिनी प्रदेशमा ल्याउन आन्दोलनको तयारी भईरहेको बताएका छन । सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद प्रधानले यी दुवै तीर्थस्थल गण्डकी प्रदेशमा हुँदा पश्चिम नवलपरासीको विकासमा समेत असर पुगेको दाबी गरे । संविधान निर्माणको क्रममा साविक नवलपरासी जिल्ला टुक्रिएपछि त्रिवेणीधाम र मदारबाबाको समाधीस्थल गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा समावेश गरिएपछि यी दुवै पवित्र तीर्थस्थल गुमाउँदा पश्चिम नवलपरासी जिल्ला विकासमा पछि परेको सांसद प्रधानको भनाई थियो ।

पश्चिम नवलपरासीका सबै राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक मिलेर त्रिवेणी र मदारबाबा फिर्ता ल्याउन आन्दोलन गर्नुको विकल्प नभएको प्रधानले बताए । यसका लागि केही समयमै बृहत आन्दोलन शुरु गरिने उनले बताए । त्रिवेणी क्षेत्र गण्डकी प्रदेशमा हुँदा त्यहाँका स्थानीय वासिन्दालाई समेत असहजता छ । आफ्नै पालिका र सदरमुकाम पुग्न घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । त्रिवेणीधाम यस क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो ।

यहाँ दैनिक एक हजार बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् यस्तै मदारबाबा पनि हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो । बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको यो स्थलमा हिन्दुको शिवरात्री शुरु हुनु भन्दा एक हप्ताअघि देखि ठूलो मेला लाग्ने गर्दछ, जहाँ नेपाल र भारतका लाखौँ भक्तजनहरु पुग्ने गर्दछन् । यो स्थल मुस्लिम समुदायको लागि नेपालकै ठूलो र ऐतिहासिक स्थल हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?