© २०२३
लमही ,१० चैत ।
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
करेन्ट लाग्दा सोही ठाउँ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाती कृष केसी र ६० वर्षीय गोरक बहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख उज्जवलबहादुर सिंहले जानकारी दिए । हजुरआमा र नाती घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
एक्कासी बिजुली तार चुँडिएर उनिहरुको घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।