© २०२३
सुनवल, १० चैत ।
पश्चिम नवलपरासीमा शनिबार भ्रष्टाचारको विरुद्धमा युवाहरुले मोटरसाईकल र्याली निकालेका छन् । युवा समाज नवलपरासीको आयोजनामा प्रतापपुरको गुठी सुर्यपुराबाट र्याली निकालिएको हो ।
र्यालीमा युवाहरुले भ्रष्टाचार विरुद्ध एक बनौ, तस्करी, ठगी र भ्रष्टाचारीलाई कारागारा पठाउ, मतदाताको मत र स्वाभिमानको रक्षा गरौँ लगायतका नारा सहितका प्लेकार्ड बोकेर नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर एकका क्षेत्रहरुको परिक्रमा गरेका हुन् ।
युवाहरुको समूहले गुठिी सुर्यपुराबाट बसैया, बर्दघाटे पुल, भुजहवा हँुदै जहदा भटौलियाबाट चिसापानी, बर्दघाट, गोपीगंज, बेलाटारी हुदै सुस्ता पुगेर र्याली समापन गरेको युवा समाजका सोवित हलुवाईले जानकारी दिए । ँआफ्नै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विनोद चौधरीदेखि धेरै नेताहरु विभिन्न भ्रष्टाचारको काण्डमा मुछिएकाले निष्पक्ष छानविनका लागि दबाब स्वरुप र्याली निकालिएको हलुवाईले बताए ।
जनताले ठूलो आशा गरेर चौधरीलाई विजयी बनाएपनि अहिले यस क्षेत्रको विकास र सम्वृद्धि भन्दा पनि ठुला ठुला काण्डमा मुछिएको भन्दै युवाहरुले निष्पक्ष छानविन गरी देशका विद्यमान सबै प्रकारका भ्रष्टाचारको छानविन गर्न माग गरेका छन् । उक्त र्यालीका अधिकांंश जनता प्रगतिशिल पार्टी सम्वद्ध युवाहरुको सहभागिता रहेको थियो ।