ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन

औषधी ब्यवसायमा असल अभ्यासको आवश्यकता : महानिर्देशक ढकाल

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल, १० चैत ।

नेपाल औषधि ब्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्घाटन गर्दै मानव जीवनसंग जोडिएको विषय औषधि भएको हुँदा यो महत्वपूर्ण विषयका रुपमा लिएर नियगमनलाई प्राथमिकता दिईने गरेको बताए ।

उत्पादक कम्पनीमा असल अभ्यासको कमी रहेको भन्दै अनुगमन गर्ने क्षेत्रमा मात्र गुनासो गर्नु गलत भएको उनले बताए । नेपालमा उत्पादन भएको औषधिले काम गर्दैन भन्ने गलत सोच वा बाहिरबाट ल्याईएको औषधि नै गुणस्तरीय हुन्छ भन्ने सही नहुने उनको तर्क छ ।

‘एनओसीको नाममा गलत अभ्यास भएको छ’—उनले भने । यो ब्यवसायीहरुको हितमा भएपनि गलत प्रयोग भएको उनले दुखेसो गरे । पेशा मर्यादित बनाउने गरी लाग्न उनले ब्यवसायीहरुलाई सुझाव दिए । अनुगमनकै नाममा केही उद्योगको बिक्री बढाउने काम गर्नु अवैज्ञानिक र अब्यवहारिक भएको ढकालले बताए । भारतमा १ देखि ३ महिनामात्र स्टकको समयावधि रहेको छ । जबकी नेपालमा न्युनतम एक वर्ष लाग्ने हुँदा पनि आर्थिक भार पर्ने गरेको उनले दाबी गरे । मूल्य समायोजन गर्ने गरी गरिएको निर्णयप्रति नै विवाद उत्पन्न भएको उनले बताए । स्वच्छ मूल्य निर्धारण नियमावली ड्राफ्ट भएको भन्दै उनले मूल्य तोक्ने विषयमा समितिको स्वरुपलाई सिफारिस गरिएको बताए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले देशको आवश्यकता र माग अनुसार नीति निर्माण गर्न जरुरी रहेको बताए । सरकारले बिमाको रकम रोक्ने काम गर्दा यसको आम नागरिकमा असर पर्ने हुँदा यस विषयमा गम्भीर हुनुपर्ने उनले बताए ।

नेपाल उद्योग परिसंघका पुर्व केन्द्रीय अध्यक्ष तथा औषधी उत्पादक हरिभक्त शर्माले युवा विदेश पलायनको वर्तमान अवस्थालाई रोक्न जरुरी रहेकोे बताए । बजारमा अस्वस्थ प्रतिस्पर्धाको कारण वर्तमान कठिन अवस्था आएको भन्दै उनले राष्ट्रिय स्वाभिमान नभएको र नागरिकलाई रोजगार दिन नसक्ने देशका रुपमा पहिचान बनाउँदै गएको दुखेसो गरे ।

औषधि राम्रो र गुणस्तरीय बनाउन नियमित अभ्यास जरुरी रहने भन्दै सस्तो निर्णयका कारण चुनौतीहरु थपिने क्रम बढेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले धेरै क्षेत्रमा विकृति रहेको भन्दै यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताए । कार्यक्रममा रुपन्देही शाखाका निवर्तमान अध्यक्ष सुरज भट्टराईले भौगोलिक बनावटका हिसाबबाट पनि कठिन लुम्बिनी प्रदेशमा संघबाट भएको कार्य उत्कृष्ट रहेको बताए ।

पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवसायीहरुको आवश्यकता अनुसार सरकारको उत्पादनको नीति हुनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष शिव ज्ञवालीले वर्षभरि ब्यावसायिक हितमा र सामाजिक क्षेत्रमा गरेको कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय सचिव कृष्ण रोकाया, नेपाल च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल, संघका विशेष सल्लाहकार डा.रोहितराज क्षेत्री, संघका सल्लाहकार शेर बहादुर थापा, पुर्वअध्यक्ष निर्मलध्वज श्रेष्ठ, संघका महासचिव लुकराज न्यौपानेले ब्यवसायीहरुलाई एकतावद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी कार्यक्रममा प्रदेशबाट यसवर्ष उत्कृष्ट कार्यसम्पादन गरेका जिल्लाहरु क्रमशः गुल्मी जिल्ला तेस्रो, दाङ जिल्ला दोस्रो तथा रुपन्देही जिल्ला प्रथम भएकोमा सम्मान गरिएको थियो । जग्गादाताहरुलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?