© २०२३
बुटवल, ८ चैत । सीजी ब्रान्ड, शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तरक्रियात्मक डिजिटल बोर्ड स्मार्ट बोर्ड शुरु गरेको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरू प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमाप्रयोग गर्न सकिन्छ । नयाप्रविधि र आविष्कारहरू सधैं नै भईरहेको छ । यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरू जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमानिकै नै लाभदायक हुने कम्पनीको दाबी छ ।
अन्तरक्रियात्मक डिजिटल बोर्डलाई कामगर्न सजिलो र सबैका लागि पहुच योग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयूक्त वस्तु प्रमाणित हुन सक्छ । इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ । प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिने कम्पनीले जनाएको छ । बोर्डमा फोर के रिजोल्युसन वायरलेस स्क्रिन टच, एन्ड्रोइड ज्ञघओएस, बिल्ट–इनक्यामेरा र माइकहरू जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् । यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ्ग हल र घरमा पनि उपयोग रहेको जनाइएको छ ।
प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन् । रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटलबोर्ड (आईडिबी) लेमाइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरू संग सजिलै जोडिन सक्दछ । यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ । थप विवरणहरू प्राप्तगर्न ग्राहकहरूले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाट लिन सकिन्छ । सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड भएको कम्पनीको दाबी रहेको छ । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजालमार्फत आफ्ना उपभोक्ताहरूलाई सेवा सुविधाहरू दिंदै आएको छ ।