बुटवल,७ चैत । रुपन्देही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएका तर हालसम्म फरार भएका कसुरदारहरुलाई इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल,प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडीहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मंगलबार रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरेको हो ।
जसमा सवारी ज्यान मुद्धामा १० दिन कैद र दुई सय रुपैयां जरिवाना फैसला भएका बुटवल ४ बस्ने राम प्रसाद नेपाली, ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल ७ का विष्णु गुरुङ,अपहरण र बन्धक मुद्धामा दुई हजार जरिवाना फैसला भएका रोहिणी गाउँपालिका २ बस्ने अफाक खान, सवारी ज्यान मुद्धामा दुई हजार जरिवाना फैसला भएका रोहिणी २ कै आजाद खाँ, जवरजस्ती करणी मुद्धामा १ बर्ष कैद र १० हजार जरिवाना फैसला भएका सिद्धार्थनगर ११ बस्ने राम मिलन यादव र ज्यान मार्ने उद्योग मुद्धामा २५ हजार ५०० जरिवाना फैसला भएका सिद्धार्थनगर ११ बस्ने बिरेन्द्र यादव पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले जानकारी दिए ।