© २०२३
काठमाडौं,६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् ।
मंगलबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै ओलीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा लामिछानेको बचाउ गरेका हुन् । ओलीले लामिछाने सहकारी डुबाउने कुरामा नलागेका, सञ्चालक पनि नभएका भन्दै कसरी छानबिन प्रभावित हुन्छ भन्ने प्रश्न गरे । कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको ओलीको तर्क छ ।
उजुरी दर्ताकै आधारमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री पद खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ, उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि भन्दै ओलीले लामिछानेको थप बचाउ गरे ।
कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।