© २०२३
बुटवल,६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी विवादका विषयमा आज मंगलबार संसद्मा जवाफ दिने भएका छन्।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक सुरु हुँदै छ। जसमा सांसदले राखेका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यक्रम छ।
सो क्रममा गृहमन्त्री लामिछानेका विषयमा पनि जवाफ दिने प्रधानमन्त्री प्रचण्डले स्वयंले जानकारी दिएका हुन्। उनले कान्तिपुर टीभीसँगको अन्तर्वार्तामार्फत सो जानकारी दिएका हुन्।
यस क्रममा उनले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखरामा उजुरी पनि उनी दोषी नरहेको दाबी पनि गरेका छन्।