© २०२३
बुटवल,५ चैत । सुन तस्करी प्रकरणमा मुछिएका पुर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । एक माओवादी नेताको घरमा खाना खाइरहेका बेला आज बिहान प्रहरीले फेला पारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को जिम्मा लगाएको प्रहरी स्रोतले पुष्टी गरेको छ । महरालाई गौतमबुद्ध विमानस्थल हुंदै सिआईबीको केन्द्रीय कार्यालय पठाउने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार गृह मन्त्री रवि लामिछानेले हिजो आईजीपी वसन्त बहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका थिए । महरा र उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा मुछिएका थिए । प्रधानमन्त्री प्रचण्डका निकट महरा विभिन्न काण्डमा विवादित बनेका थिए ।