© २०२३
कपिलवस्तु, ४ चैत । सिद्धार्थ गौतमले आफ्नो जिवनको अमुल्य २९ बर्ष बिताएको स्थान तथा उनका पिता राजा शुद्धोधनको राजधानीको रुपमा परिचित तिलौराकोटमा अन्तरराष्ट्रियविज्ञ सहितको टोलीले भ्रमण गरेको छ । बिगत १४ बर्ष यता तिलौराकोटमा सञ्चालित युनेश्को जापनिज फण्ड ईन ट्रष्ट (जेफिड) परियोजना अन्र्तगत अन्तरराष्ट्रिय विज्ञ समितीले तिलौराकोटको भ्रमण गरेको हो । भ्रमण टोलीमा पर्यटन मन्त्रालय, पर्यटन बिभाग, युनेश्को, विश्व सम्पदा केन्द्र, लुम्बिनी बिकास कोषका प्रतिनिधी सहित अन्तराष्ट्रिय विज्ञहरुको सहभागीता रहेको छ । टोलीमा जेफिड परियोजनाका टिम लिडर तथा योजना विज्ञ प्रोफेसर युकियो निसिमुरा, पुरातत्व विज्ञ प्राध्यापक डाक्टर रविन कनिङ्गघम, विश्व संपदा केन्द्रका संयोजक प्रोफेसर रोल्याण्ड लिन, संरक्षण विज्ञ कन्स्ट्यान्टिभ म्युची, संपदा व्यवस्थापन विज्ञ काई वाई जे, पर्यटन मन्त्रालयका सहसचिव डाक्टर शुरेस सुरज श्रेष्ठ, पुरातत्व बिभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग, लुम्बिनी बिकास कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामा, पुरातत्व बिभागका पुर्व महानिर्देशक कोष प्रसाद आचार्य, लुम्बिनी बिकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको सहभागीता रहेको छ । जेफिड परियोजनाको मुख्य उपलब्धीको रुपमा तिलौराकोटलाई बिश्व संपदा क्षेत्रमा सुचिकरणका लागि आवश्यक प्रमाण तयार पारी मनोनयन दस्तावेज युनेश्कोमा पेश हुनुलाई मानिएको छ । भ्रमणको मुख्य उदेश्यमा जेफिड परियोजना अन्र्तगतको प्रगती समिक्षा गर्नु तथा संपदा सुचिमा सुचिकरणको प्रक्रिया अन्र्तगत रिभ्यु मिसन आउनु पुर्व आवश्यक सुझावहरु दिनु रहेको जनाईएको छ ।