© २०२३
काठमाडौं,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ ।
पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने पार्टीले जनाएको छ ।
आज बसेको दोस्रो बैठकले सरुवा, बढुवा वा नियुक्तिमा अनियमितता गर्नेहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय समेत गरेको महामन्त्री ढकालले बताए । राजनीतिक नियुक्तिमा योग्यता, क्षमता मेरिटोक्रेसीलाई प्रधान मान्ने लगायतका निर्णय समेत गरेको ढकालले जानकारी दिए ।