ट्रेंडिंग:

>> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली >> कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली >> दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

उपहारको मिठो सन्देश

४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

बुटवल, ४ चैत । विगतमा चलचित्र रमाईलोका लागि हेर्ने चलन थियो । चलचित्रमा देखाईने पात्रको भूमिका भन्दा पनि उनीहरूको अनुहारका कारण हल सम्म पुग्ने दर्शकको संख्या धेरै हुने गर्दथ्यो । लामो अन्तरालमा बन्ने नेपाली चलचित्रलाई माया गर्ने दर्शकको विगतमा पनि कम साथ थिएन । त्योसँगै हिन्दी चलचित्रको दबदबा अत्यन्त थियो ।

समयले कोल्टो फेरे जस्तै नेपाली चलचित्रले पनि आफ्नो लय फेरेको देखिन्छ । माया प्रेममा मात्रै बन्ने चलचित्रहरूले पनि सामाजिक परिवेशलाई बलियो रूपमा प्रस्तुत गरिरहेको देख्न सकिन्छ । यही फाुगन २५ गतेबाट देशभरि प्रदर्शन भईरहेको चलचित्र उपहारले पनि पछिल्लो समयमा घटिरहेकामा समाजको बास्तविकतालाई देखाएको छ । चर्चित अभिनेत्री रेखा थापाले निर्माण गरेको पछिल्लो चलचित्र हो उपहार । यो चलचित्रबाट मनोरञ्जनसँगै समाजको बास्तविकतालाई पनि देखाउन खोजिएको छ । चलचित्र हेरिरहँदा सम्म दर्शकले झुर महसुस गर्देनन् । पछिल्लो पुस्ताले भोगेका भोगाईलाई कला मार्फत देखाउन सक्नु चलचित्रको बलियो पक्ष मानिएको छ ।

यो चलचित्रबाट महिला पात्रले पनि चलचित्रलाई सफल बनाउन सक्छन् भन्ने गतिलो उदाहरण पनि देख्न सकिन्छ । विशोष गरी अभिनेत्री रेखा थापाले गरेको काम हेर्न लायक छ । उनले महिलाको विशेष अवस्थामा पनि मज्जासँग अभिनय गरेकी छन् । उनको गर्भ अवस्थामा पनि कहिँकतै त्यस्तो भान हुँदैन चलचित्र हेरिरहदा । उनको काम गर्ने जोसमा कतै उनी गर्भवती हुन् भन्ने नै लाग्दैन । यो अवस्थामा धेरै महिलाहरूले आफ्नो नियमित काम गर्न सकिरहेका हँुदैनन । विशोष अवस्था हो भनेर सहानुभुति बटुलिरहेका हुन्छौं । काम गर्ने स्थान, घर परिवार, आफन्त सबै क्षेत्रले गर्भवती अवस्थालाई विशेष अवस्था भनेर अत्यन्त संवेनशील बनिरेहको अवस्थामा पनि अभिनेत्री रेखा थापाले चलचित्रमा कामसँगै गरेको फाईट हेरिरहँदा कता कता मन अत्तालिन पुग्छ । आमा बन्न लागेकी उनलाई कति असजिलो भयो होला त्यो त उनी र आमा बनिसकेकाहरूले मात्रै महसुस गर्न सक्छन् । तर पनि कामलाई पहिलो प्राथमिकतामा राखेकी अभिनेत्री थापाले अभिनयलाई न्याय गरेकी छन् ।
चलचित्रमा काम सानो हुँदैन गर्ने तरिका र दृढ विश्वासले मानिसलाई सफलता तर्फ लैजान्छ भन्ने सन्देश दिएको छ । तर केहि उताव चढावहरू भईरहन्छन् जीवनमा त्यसलाई सहज रूपमा लिन सक्नु ठूलो उपहार हो चलचित्रको ।
सर्घषसँगै मायालाई पनि प्रगाढ रूपमा देखाईएको छ । निस्वार्थ हुने मायामा मानिसले कति सम्म त्याग गर्न सक्छ त्यसलाई पनि चलचित्रको बीचमा घुसाइएको छ ।

संघर्ष, सम्पत्ति र पछिल्लो समयमा पुर्खेयाली सम्पति अरूलाई भाडामा लगाएर भरपुर सम्पति जोडेका साहुहरू र तिनिहरूको मारमा परेका मेहनती हातहरूको अवस्थालाई कलात्मक रूपमा देखाइएको छ । काम गर्ने हातलाई अत्यन्त राम्रोसँग सिर्गानु पनि चलचित्रको बलियो पक्ष हो । त्यस माथि पुजा शर्माको चुलबुली चरित्र, बेनिशा हमालको कालो कोटे चरित्रसँगै घरबेटीसँगको संघर्षले र श्रीमानको चरित्रले पनि दर्शकलाई छोएको देखिन्छ । शिशिर राणाको अभिनयले पछिल्लो समयमा समाजमा बढ्दै गएको विकृतिलाई देखाएको छ । जसका कारण धेरैकोे घरबार बिग्रिएको छ । त्यसलाई देखाउन खोजीएको छ । तर पनि उनको भुमिकालाई दर्शकको साथ देखिन्छ । उनको अभिनयले चलचित्रमा हास्य रस प्रदान गरेको छ । बाँकी पात्रहरूको अभिनयलाई दर्शकले कम नोट गरेका छन् । तर पनि चलचित्रमा मुख्य नायकका रूपमा रेखा थापा सँगै रहेका पुजा शर्मा बेनिसा हमाल र खल पात्रको रूपमा रहेकी सुस्मा कार्कीको अभिनयले चलचित्र हेरिरहदा दर्शकलाई आन्नद बनाएको छ । कलाकार मुकुन भुसालको अभिनय छोटो तर जिवन्त छ आर्थिक अभावले विदेशिन बाध्य युवापुस्ताको प्रतिनिधत्व गरेका भुषालको विदेशबाट फर्किदाको भुमिकामा धेरैले आफनो श्रीमान, दाजु, भाई र छोरको रूप देखेर आँखा भिजाउन बाध्य छन् । चर्चित हास्य कलाकार राजाराम पौडेल, किरन केसी र निर्मल शर्मा अतिथि भुमिकामा देखिएका छन् । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशक गरेका हुन् भने रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको हो ।

अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, विनोदकुमार पौडेललगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अन्जु पन्थ, समिक्षा अधिकारी, एलिना चौहान लगायतका पछिल्लो पुस्ताका अत्यन्त चर्चित गायिकाहरूको मिठो स्वरले सुनमा सुगन्ध थपेको छ । समग्रमा चलचित्रले सामाजिक विषयबस्तुलाई उठाउन खोजेको छ । तर धेरै विषयलाई समेट्न खोज्दा चलचित्र जति सहज रूपमा बग्नु पर्ने हो त्यो कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?