ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

वनबाटिकामा बाबुरामको सम्झनामा १० करोडको पार्क बन्ने

३ चैत्र २०८०, शनिबार
३ चैत्र २०८०, शनिबार

बुटवल,३ चैत । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा यसका परिकल्पनाकार एबम् संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड लागतमा वातावरणमैत्री पार्क (उद्यान) बन्ने भएको छ । २० वर्षअघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन शुरु गरिएको थियो ।

२०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा अथक मेहनत र लगावको कारण अहिले वनवाटिका रुपन्देहीको प्रमुख पर्यटकीय गन्तब्य मध्ये एउटा आकर्षक थलो भएको छ । उनै अर्यालले वनवाटिका बनाउन गरेको योगदानको कदर र उनको सम्झना चीर स्थायी बनाउन भ्यु टावर नजिकै २ बिघा जग्गामा स्मृति पार्क बनाउन शनिबार शिलान्याश गरिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले पार्कको शिलान्याश गरेकी हुन् । सो अवसरमा बोल्दै सांसद घिमिरेले वनवाटिका बनाउन र यो अवस्थासम्म ल्याउन स्वर्गीय अर्यालको अनुकरणीय योगदान रहेको बताइन् ।
केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वाह्य वजेट प्राप्त भए छिटै नभए आन्तरिक वजेटबाट ५ वर्षभित्र पार्कभित्रका सबै संरचना पूरा गर्ने लक्ष्य रहेको बताए ।
‘स्मृति पार्कले एकातिर संस्थापक अध्यक्ष अर्यालको सम्झना र योगदान भावी पुस्तासम्म रहिरहनेछ भने पर्यटकलाई पनि आकर्षण थप्नेछ’–अध्यक्ष शर्माले भने–‘पार्कलाई वातावरणमैत्री र आकर्षक बनाउने गरी डिपिआर बनेको छ ।’


कार्यक्रममा अर्यालका समकालीन व्यक्तित्वहरु मदनलाल पौड्याल,देवीप्रसाद पाण्डे, केन्द्रका सल्लाहकार मोहन चापागाई,नेकपा एमालेका नेता राम गिरी, केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, उपाध्यक्ष खिमलाल पाण्डे,सचिव फर्शुराम भण्डारी,स्वर्गीय अर्यालकी बहिनी शारदा अर्याल, केन्द्रका अनुगमन समिति सदस्य टेकबहादुर थापा,राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि लगायतले अर्यालको परिकल्पना र मेहनतका कारण वनवाटिकामा अहिले वार्षिक लाखौं पर्यटक आउने थलो बनेको र स्थानीय विकासमा ठूलो योगदान पुगेको धारणा राखे । स्मृति पार्कमा आर्क ब्रिज (आधुनिक डिजाइनको पुल),भुलभुलैया बंगैचा,सेल्फी जोन,बच्चाका लागि डुंगा चलाउन मिल्ने पोखरी र माछा पालन पोखरी समेत बनाउने गरी डिपीआर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?