© २०२३
काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।
शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।
आफूमाथि प्रश्न बोकेर लामिछाने गृहमन्त्री बन्न हुँदैन थियो भन्दै प्रतिनिधि सभा सदस्य पौडेलले उच्च नैतिकता देखाएर पदबाट राजीनामा दिन लामिछानेलाई आग्रह गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रश्न बोकेको व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने थियो भने।
आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितहरूलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।