ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

कोरियाले थप तीन क्षेत्रमा कामदार लैजाने

१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

बुटवल, १ चैत । दक्षिण कोरियाले यो वर्ष सन् २०२४ देखि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जहाज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो । परीक्षा पास भएकाहरुलाई लैजान ढिलाइ हुँदा असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिक रुपमा पत्रमार्फत नै जानकारी दिएको उनले बताए । यो वर्षभन्दा अर्को वर्ष १३.२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने कोरियाली सरकारले बताएको उनले भने ।

उनका अनुसार रुट इन्डस्ट्रीमा श्रमिक लैजान कोरियाले छनोट भएकालाई स्क्राफोल्डिङको तालिम समेत दिइरहेको छ ।
मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङ, सर्फेस र हिट ट्रिटमेन्ट जस्ता प्रक्रिया प्रविधिहरू प्रयोग गरी व्यापार क्षेत्रको कामलाई ‘रुट इन्डस्ट्री’ भनिन्छ ।

तर, बजारमा कोरियाको रोजगारीका सन्दर्भमा कोटा घट्ने लगायतका गलत हल्लाहरु चलाइको महानिर्देशक घिमिरेले बताए । केही दिनयता समाजिक सञ्जाल लगायत यदाकदा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका कामदारहरुको विवरण र फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाइएको र कोरिया लैजाने कोटा समेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन भ्रम फैलाइएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदारहरु कोरिया पठाउने कार्य नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको द्विपक्षीय सम्झौताको आधारमा कार्यान्वयन हुने भन्दै महानिर्देशक घिमिरेले यो प्रक्रियामा नेपाल सरकार र दक्षिण कोरिया सरकारबाहेक अन्य कुनै पनि पक्षको संलग्नता नहुने स्पष्ट गरे ।

एकपटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरु दुई वर्षसम्म कामदारको सूची रोस्टरमा बस्न पाउँछन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाई, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था र देश जस्ता विवरण खुलाएर कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियासमक्ष कामदार माग गरी पठाउने गरिन्छ । एचआरडी कारियाले मापदण्डलाई मेलखाने गरी रोष्टरमा रहेका कामदारको सूचीबाट १ः३ को अनुपातमा १ जना कामदार माग भई आएमा ३ जना कामदारको विवरण पठाउने कामदारको विवरण फाइल साना तथा मझौला उद्योगमा पठाउँछ । सो विवरणबाट उद्योगले आफूलाई चाहिने कामदार छान्छ । यसरी रोष्टरमा रहेका कामदारहरु छनोट गर्ने प्रकृया नियमित रुपमा भइरहेको घिमिरेले बताए । सोही प्रकृया बमोजिम नै हालसम्म १ लाखभन्दा बढी नेपाली कामदारहरु कोरिया पुगिसकेका छन् ।

विज्ञप्तिअनुसार सन् २०२३सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप विल्डिङ क्षेत्रबाट मात्र कामदार लाँदै गरेकोमा सन २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्र समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत वर्षको भन्दा सन २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको छ ।

रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार कोरिया पठाउने कार्य दुई देशबीच भएको सम्झौता बमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थित रुपमा हुने शाखाले स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?