© २०२३
काठमाडौं,१ चैत । राप्रपा नेपालले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । कमल थापा नेतृत्वको र्याली सुन्धारामा पुगेपछि सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो । तर, र्याली दुई लेनमै अघि बढेपछि प्रहरीले लाठिचार्ज गरेको हो । हिन्दूराष्ट्र र राजसंस्था पुनस्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा दबाबमूलक कार्यक्रम गरेको हो ।
प्रहरीले लाठीचार्ज गर्ने क्रममा दुई पक्षबीच ठेलमठेल भएको थियो ।