© २०२३
बुटवल,१ चैत । उदयपुरमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको छ ।
अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरूको सनाखत भने हुन सकेको छैन । प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।
गाडी एक्कासि आफैँ पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।