© २०२३
काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अर्को ठूलो शक्ति नेकपा एमालेसँग मिल्न चुनौती दिएका छन्।
बुधबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यसो भनेका हुन्।
कांग्रेससंगको गठबन्धनलाई निन्तरता दिनु भनेको दिन काट्नु, काल पर्खिनु जस्तै भएको भन्दै प्रधानमन्त्रीले कांग्रेससँग मिल्न नसकेपछि नयाँ गठबन्धन बनाएको तर्क गरे ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले दुई ठूला दल मिलेमा माओवादीको हालत के हुन्छ भन्नै बुधबारको संसद् बैठकमै कटाक्ष गरेका थिए। कांग्रेस र एमाले मिले पनि माओवादी नडराउने प्रधानमन्त्रीको दावी थियो ।
हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको पनि उनले दाबी गरे।
उनले प्रश्न उठेका मान्छेलाई कांग्रेसले प्रधानमन्त्री बनाउन खोजेको दावी गर्दै गृहमन्त्री रवि लामिछानेको बचाउ गरे ।