ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

१५ सय जनालाइ बुस्टर डोज लगाउदै कालिमाटी गाउँपालिका

३० फाल्गुन २०८०, बुधबार
३० फाल्गुन २०८०, बुधबार

सल्यान, २७ फागुन । सल्यानको कालिमाटी गाउँपालिकामा यहि फागुन २८ र २९ गते कोभिड १९ विरुद्ध अतिरिक्त खोप दिइने भएको छ । १२ बर्ष माथिका करिव एक हजार ५०० जनालाइ बुस्टर डोज लगाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । यस सन्दर्भमा शनिबार गाउँपालिका स्तरिय खोप समन्वय समिती, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता लगायत सरोकारवालाहरुका लागि अभिमुखिकरण पनि सम्पन्न भएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिए ।

बुस्टर डोजले भविष्यमा आउन सक्ने सम्भावित लहरको क्षतिलाई न्यून गर्ने भएकाले कालिमाटीमा कोभिड विरुद्ध फाइजर खोपको अतिरिक्त मात्रा दिन थालिएको हो । कालिमाटी गाउंपालिकाका अध्यक्ष दान बहादुर केसीले आफ्ना नागरिकको स्वास्थ्य प्रती संवेदनशील रहेको भन्दै कोभिड विरुद्धको बुस्टर डोजले आगामी दिनमा हुन सक्ने जोखिमलाइ हटाउने बिश्वास व्यक्त गरे ।

सल्यानमा यस चरणमा ३ स्थानिय तहमा बुस्टर डोज दिन लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कालिमाटी गाउँपालिकाको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा। अभिषेक सिंहले कालिमाटी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकामा यस चरणमा बुस्टर डोज लगाउन थालिएको जानकारी गराएका थिए ।

आफ्नो पालिकामा बुस्टर डोज अभियानलाइ प्रभावकारी रुपमा संचालन गरिने कालिमाटी गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक रवीलाल बस्नेतले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?