© २०२३
मणिग्राम ।
नोबेल इन्भारमेन्ट एकेडेमीमा मास्टर एण्ड मिस नोवेल आइकन सिजन टु सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा १५ मधवलियामा रहेको गुरुङ भवनमा आयोजित फाइनल फिनालेमा एकेडेमीका पुर्व विद्यालयका छात्रातर्फ सायारा राना मिस नोवेल सिजन सिक्सको विजेता बनेकी छन् । यस्तै विनिसा पुन प्रथम, युनिसा गुरुङ दोस्रो र सिधिका बस्याल तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी पुर्व विद्यालयका छात्र तर्फ हिमान्सु आले मिस्टर नोवेल सिजन सिक्सका विजेता बनेका छन् । यस्तै प्रथम मिस्टरमा रोहन थापा र दोस्रोमा प्रनाभ पुन भएका छन् ।
प्राथमिक तह अन्तर्गत छात्रातर्फ भएको छनोटमा एन्जल गिरी मिस नोवल बनेकी छन् । यस्तै जेनिसा पावरे प्रथम, लक्षिमा गौतम र तेस्रो स्थानमा प्रिन्सा पुन भएका छन् । प्राथमिक तहअन्तर्गत छात्रतर्फ भएको प्रतिष्पर्धामा मिस्टर नोवेल सिजन ६ को विजेता युनिक अधिकारी भएका छन् भने योजिन छन्त्याल प्रथम, रिहान पुन दोस्रो र केशव गाहाले तेस्रो स्थान प्राप्त गरेका छन् ।
यसैबिच आधारभूत तह अन्तर्गतको छात्रा तर्फ अनुस्का कुँवर मिस नोवल सिजन सिक्सको विजेता बनेकी छन् । यसैगरी सिल्भि कार्की प्रथम, रक्षा पाण्डे दोस्रो र सन्ध्याङ तरामी तेस्रो मिस नोवेल को विजेता बनृका छन् । यसैगरी छात्रतर्फ भएको छानेटमा सफल जिमि मिस्टर नोवेल सिजन सिक्सको विजेता बनेका छन् भने संगम थापा प्रथम र सुमित थारुले दोस्रो स्थान हासिल गर्दै मिस्टर नोवेल हुन सफल भएका छन् ।
यसै अन्तर्गत भएको छनोटमा पुर्व विद्यालयका मिस क्युटिमा विनिसा पुन र केशव गाहा छनोट भएका छन् । यस्तै उत्कृष्ट अनुशासितमा संगम थापा र युनिसा गुरुङ, उत्कृष्ट प्रतिभावानमा हिमान्सु आले र जेनिसा पावरे, सन्ध्या तरामी, सिसधका बस्याल छनोट भएका छन् । यस्तै एकदमै आत्मविश्वासी आइकनमा रमान हितांग र अनुस्का कुंवर, एकदमै क्रियाशिलमा प्रनाभ पुन र रक्षा पाण्डे, मोस्ट चार्मिङमा रिहान पुन र मियांग थापा, मोस्ट हाईजेनिकमा केशव गाहा र सायारा राना, बेस्ट इस्माइलमा लक्षिमा गौतम र हिमांश आले, बेस्ट वार्कमा सिल्भि कार्की र संगम थापा, बेस्ट प्रसनालिटिमा युजिन छन्त्याल र युनिसा गुरुङ, बेस्ट स्किनमा एन्जल गिरि र रिहान पुन तथा बेस्ट फोटोजेनिकमा सायारा राना, रोजन राना, सिल्भि कार्की, सुमित थारु र प्रिन्सु पुन छनोट भएका छन् । दर्शकको छनोटमा मियान थापा र आयोजकको छनोटमा रमान हितांग परेका छन् ।
मास्टर एण्ड मिस नोवेल सिजन सिक्स आईकनमा विजेता, प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सबै विद्यार्थीलाई साना तथा घरेलु उद्योग महासंघ केन्द्रीय सदस्य वसन्त रोका तथा नोवेल एकेडेमीका प्रिन्सिपल खिनु गुरुङले सम्मान गरेका थिए ।
कार्यक्रममा पशुपति कलेजका क्याम्पस प्रमुख जितबहादुर रास्कोटी, पशुपति माविका प्रधानाध्यापक वेद नारायण भट्टराई, नोवेल इन्भारमेन्ट एकेडेमीका प्रिन्सिपल खिनु गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीको चौतर्फी विकासमा नोवेल एकेडेमी रुपन्देहीमै पहिलो विद्यालय रहेको बताए ।