Butwal Today

एमाले रुपन्देहीले दियो रमजानको शुभकामना

२९ फाल्गुन २०८०, मंगलवार
अ+
अ-

बुटवल, २९ फागुन ।

नेकपा एमाले रुपन्देहीले मुस्लिम समुदायको महान पर्व पर्व रमजानको अवसरमा शुभकामना दिएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आज एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाडपर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता भएको उल्लेख छ ।

नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख हुनुले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको प्रष्ट हुने उल्लेख गर्दै सन्देशमा समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको उल्लेख छ ।

शुभकामना सन्देशमा यस्ता सांस्कृतिक पर्वले नेपालीलाई एकताको सुत्रमा बाँध्ने भन्दै रमजान पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?