© २०२३
रोल्पा, २९ फागुन ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०८४ को निर्वाचनमा एमालेले कसैको वैशाखी नटेकेर एक्लै चुनाव लड्ने वताएका छन । उममहासचिव ज्ञवालीले उक्त कुरा नेकपा एमाले रोल्पाको सातौ जिल्ला अधिवेशन उद्घाटनका क्रममा वताएका हुन् ।
ज्ञवालीले जो सरकार गठनका लागि जो जससंग गठवन्धन भएपनि नेकपा एमाले मिसन चौरासीमा केन्द्रित भएको वताए । नेकपा एमालेले वहुमत प्राप्त गरी एक्लै सरकार गठन गर्ने संकल्पका साथ अघि वढेको वताए । नेपालमा वामपन्थी समाजवादी शक्ति र पँुजीवादी शक्ति रहेको वताउँदै वामपन्थी समाजवादी ध्रुवको नेतृत्व नेकपा एमालेले र पुँजीवादी धु्रवको नेतृत्व नेपाली काँग्रेसले गरेको उनले वताए । यी दुई मुख्य धु्रवको बिचमा अन्य साना शक्ति वरिपरि घुमेको ज्ञवालीले वताए ।
सत्ता समिकरणको विषयमा चर्चा गर्दै उपमहासचिव ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले काँग्रेसलाई चिन्न ढिलो गरेको वताए । देशको विग्रदो अवस्थालाई टुलुटुलु हेरेर वस्ने अवस्थामा नेकपा एमाले नरहेकाले सत्ता समीकरण फेरवदल आफुहरुकै प्रयासले सफल भएको वताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि समीकरण फेरवदल गर्ने हुन की भन्ने जनतामा आशंका रहेपनि अव माओवादीका लागि यस्तो गर्न सहज नभएको वताए । माओवादी संग अव साह्रै सीमित विकल्प मात्रै रहेको वताउदै राजनीतिलाई खेलोखड्को मात्रै ठान्ने हो भने एक दिन जनताले कठै पनि नभन्ने दिन आउन सक्ने वताए ।
संचार माध्यममा आएको सुन प्रकरणको प्रसंग कोट्याउँदै उपमहासचिव ज्ञवालीले भने लामो त्याग तपश्या र वलिदानवाट आएका रोल्पालीहरुको निधारमा यतिवेला दाग लागेको वताए । आफुले रोल्पा सदरमुकाम लिवाङको फोटो सामाजिक संजालमा पोष्ट गर्दा घरहरु पनि सुनैसुनका त होलान नी भनेर कमेन्ट आएको वताए । सुन संग जोडेर सिधासिधा रोल्पालीहरुको नै परिचय वदल्न खोजेको वताए ।
राष्ट्रिय आवश्यकताले नेकपा एमालेको पहलमा वर्तमान गठवन्धन वनेको वताउदै यो गठवन्धनलाई सफल वनाउन आफुहरु हदै सम्म इमान्दार हुने उनले वताए । “पार्टीले सोचीविचारी यो कदम चालेको हो”– उपमहासचिव ज्ञवालीले भने । गठवन्धन २०८४ सालको निर्वाचन सम्म जाने ज्ञवालीको भनाई छ ।