© २०२३
दाङ ।
दाङको घोराहीमा पुलबाट खोलामा कार खस्दा एक जना घाइते भएका छन् । घोराही–लमही सडकखण्डअन्तर्गत घोराहीको कटुवाखोला पुलबाट सोमवार राती करिव साढे नौ बजे बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् ।
प्रहरी नायव उपरिक्षक मल्लका अनुसार मापसे सेवक गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका छन ।
घाइते केसीको निधार र छातीमा चोट लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते केसीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।।