Butwal Today

बसको ठक्करबाट लमहीमा साइकल यात्रीको मृत्यु

२८ फाल्गुन २०८०, सोमबार
अ+
अ-

लमही, २८ फागुन ।

बसको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेल रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो । बसको ठक्कर बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वन गाउँनजिक पौडेललाई बसले ठक्कर दिएको थियो ।

घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पु¥याइएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।