Butwal Today

जुत्ता चप्पल फुकालेर मिटर ब्याज पीडितद्वारा प्रदर्शन

२७ फाल्गुन २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२७ फागुन ।  मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले आइतबार ४१ औं दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्।

पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका छन् । उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए ।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मिटर ब्याज सम्बन्धी कानुन संशोधन लगायत ६ बुंदे माग राखेर मेची र पश्चिममा महाकाली नदीबाट एक साथ शुरु हुने न्याय मार्च शुरु गरेका थिए ।

उक्त मार्च चितवनको नारायण घाटमा पुगेर संयुक्त मार्च हुंदै राजधानी काठमाडौं पुगेको थियो । माग पूरा नभएसम्म काठमाडौं नछाड्ने उनीहरुको अडान छ ।