ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

राष्ट्रिय सभा अध्यक्षको चुनावअघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउँदै

२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

काठमाण्डौ ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव अघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउन जुटेका छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गो लगाउने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफलपछि अध्यक्षको टुङ्गो लगाउने बताउनुभएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराउएका थिए ।

नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति भएको थियो । माओवादीबाट अहिले राष्ट्रिय सभाको उपाध्यक्ष उर्मिला अर्याल छन् । अध्यक्षमा अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । तर सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाउँदा ६ वर्ष अध्यक्ष आफ्नो हुने भएकाले उनको सम्भावना धेरै भएको अनुमान गरिएको छ । एमालेलाई राष्ट्रिय सभा उपाध्यक्ष दिने सहमति भएकाले अर्यालले राजीनामा दिनुपर्नेछ ।

माओवादीसँग गठबन्धन कायम हुँदा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको रुपमा अगाडि सारेको थियो । तर गठबन्धन टिक्न नसकेपछि कांग्रेसले यही राष्ट्रिय सभाको चुनावमार्फत् नयाँ गठबन्धन बनाउने रणनीति लिएको छ । उसले विपक्षी अरु दलसँग छलफल गरी पार्टीबाट उम्मेदवार तय गर्ने जनाएको छ । हिजो सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने र सहयोग माग्न अरु दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौलालाई मनोनयन समेत गरेको छ । माघमा भएको राष्ट्रिय सभा चुनावमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धन–एमाले, माओवादी, एकिकृत समाजवादी र जसपाको बहुमत छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० मा सकिएको थियो । राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि २९ गते हुँदैछ । चुनाव अन्तर्गत भोलि सोमवार उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालका अनुसार आज बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?