© २०२३
भैरहवा, २६ फागुन ।
सशस्त्र प्रहरी बल, नेपाल २७ नं.ं गण रुपन्देहीले अबैध सामान बरामद गरी १३ लाख बराबरका सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा चलान गरेको छ ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलंगे पुल इलाकामा लु १ च ५७९१ बलेरो सिंगल क्याप गाडीमा अबैधरुपमा भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ता, चप्पल र गाडी सहित जम्मा १२ लाख ९९ हजार ३ सय ३० बराबरका सामान भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक(एसपी) आनन्द थापा मगरले जानकारी दिए ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको नेतृत्वमा खटिएको टोलीले विशेष सुचनाका आधारमा बलेरो गाडीमा भारतबाट अबैधरुपमा भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० जोर जुत्ता, ३ सय ५७ जोर बच्चाको चप्पल जम्मा ३ लाख ९९ हजार ३ सय ३० रुपैँया बराबरका सामान बरामद गरेको थियो ।
त्यसैगरी उक्त गाडीको मुल्य ९ लाख गरी जम्मा १२ लाख ९९ हजार ३ सय ३० बराबरको सामान भैरहवा भन्सार कार्यालय चलान गरीएको सशस्त्र प्रहरी उपरिक्षक(एसपी) आनन्द थापा मगरले जानकारी दिए ।
गडी चालक रुपन्देही जिल्ला सम्मरीमाई गाउँपालिका वडा नं ७ बेदकुइयाँ बस्ने २४ वर्षिय रविन्द्र यादवलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको एसपी आनन्द थापा मगरले बताए ।