ट्रेंडिंग:

>> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

आउंदो साउनदेखि सवारी साधनमा युरो ६ मापदण्ड लागु हुने

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

काठमाडौं,२६ फागुन । सवारी साधनमा आउंदो साउन महिनादेखि युरो ६ मापदण्ड लागू गर्न अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति जनाएका छन्। नेपालमा करिब १२ वर्षदेखि युरो ३ सँग समान नेपाल ३ मापदण्ड लागू भइरहेको छ। विश्वमा युरो ३ मापदण्डका गाडीको उत्पादन नै बन्द भएको छ ।

सरकारले युरो ३ बाट ४ मा नगई युरो ६ लागू गर्ने तयारी गरेको हो । वन तथा वातावरण मन्त्रालयलाई अर्थले युरो बीएस ६ बराबरको मापदण्ड लागू गर्न सहमति नदिँदा रोकिएको फाइल साउनबाट कार्यान्वयन गर्न राय दिएको हो।

अहिले अधिकांश सवारीसाधन युरो ६ मा उत्पादन भइरहेका छन्। वन तथा वातावरण मन्त्रालयले युरो ६ बीएस ६ मापदण्ड लागू गर्न करिब २ वर्ष अघिदेखि नै तयारी गरेको थियो। अटो व्यवसायीले बीएस ६ लागू गर्न २ वर्षको समय माग गरेका थिए। युरो मापदण्ड गाडीको प्रदूषण मानक हो।

युरो ३ को तुलनामा युरो ६ का गाडीले सबैभन्दा कम प्रदूषण गर्छन्। युरोपमा युरो ७ मापदण्डको तयारी भइसकेको छ।

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले युरो ६ लागू गर्दा कतिपय गाडीको मूल्य बढ्ने हुँदा केही समय ढिला भएको बताएका थिए। तर उनले नै युरो ६ लागू गर्ने सहमति दिएर मन्त्रालयबाट विदा भएका छन्।

‘वातावरण मन्त्रालयले अब कानुनको सहमति लिएर मन्त्रिपरिषदमा पठाउने उनले जानकारी दिए।

‘अर्थ मन्त्रालयले सहमति नदिँदा लामो समय रोकिएको थियो। अहिले साउन १ गतेबाटै लागू गर्ने रायसहित पठाएको छ ।

अर्थले साउन १ गतेबाट लागू गर्ने राय दिए पनि अन्तिममा मन्त्रालयले मिति तोक्नेछ। वातावरणमन्त्री परिवर्तन भएकाले मन्त्रिपरिषद्मा कहिले लैजाने र कुन मितिबाट लागू गर्ने उनको निर्णयमा भर पर्छ।

अटोमोबाइल व्यवसायी समय दिएर युरो ६ लागू गर्नको लागि सहमत भइसकेका छन्। सरकारले मापदण्ड परिवर्तनको तयारी गर्दा व्यवसायीले पनि अहिले आयात प्रक्रियामा रहेकालाई छुट दिएर लागू गर्न सुझाव दिँदै आएका छन्। युरो ६ लागु हुंदा भारतबाट आयात हुने गाडीमा कुनै समस्या नहुने भए पनि तेस्रो मुलुकबाट आउने गाडीको मूल्य बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?