ट्रेंडिंग:

>> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै

सिद्धबाबामा ४० हजार बढीले गरे दर्शन

भजन प्रतियोगितामा राष्ट्रिय भजन चुट्का पाल्पा प्रथम
२५ फाल्गुन २०८०, शुक्रबार
२५ फाल्गुन २०८०, शुक्रबार

बुटवल, २५ फागुन ।

महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा पाल्पाको राष्ट्रिय लोक भजन चुड्का सांस्कृतिक संस्था प्रथम भएको छ ।

प्रतियोगितामा सैनामैना रुपन्देहीको आरती भजन समूह द्वितीय भएको छ । यस्तै तृतीय सिद्धेश्वर शिवालय मन्दिर समूह र जनकल्याणकारी भजन समूह शुद्धोधन–२ हिरापुर तृतीय भएका छन् ।

सान्त्वना स्थानमा तिलोत्तमा भजन समूह तिनाउ ३ पाल्पा भएको छ । प्रतियोगितामा ११ समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहले नगद १२ हजार, द्वितीयले ८ हजार, तृतीयले ४÷४ हजार र सान्त्वना स्थान प्राप्न गर्ने समूहले २ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा ८ वटा समूहले भाग लिएका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले यस्तो प्रतियोगिताले नेपाली कला, संस्कृति, धर्मको रक्षा तथा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले सिद्धबाबा मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै यसको प्रवद्र्धनको लागि प्रदेश सरकारले पूर्णरुपमा साथ र सहयोग प्रदान गर्ने बताएका थिए ।

कार्यक्रममा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचन, उपाध्यक्ष अमरसिंह प्रधान, कार्यक्रम संयोजक गोपाल प्रसाद बस्याल, सचिव अरबिन्द्र पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम संयोजक बस्यालका अनुसार पहिलो पटक आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने समितिका सदस्य तोया लम्सालले जानकारी दिए ।

प्रतियोगितामा ४० हजार भन्दा बढी श्रद्धालुहरुले मन्दिरमा पुजन गरेका छन् । मन्दिरमा भारतको गोरखपुर लगायतका स्थानबाट समेत श्रद्धालु भक्तजनहरु आएका थिए । मन्दिरमा यो बर्ष देखि भक्तालुहरुको लागि टोकन प्रणाली लागू गरिएको थियो । विहान ३ बजे देखि नै श्रद्धालुहरुले मन्दिरमा पुजाको लागि पुगेका थिए ।

तस्विरः विश्वास ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?